Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाले भन्यो - अमेरिकासँग वार्ताको विचार ‘दिवास्वप्न’

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जङले अमेरिकासँग वार्ता नहुने बताएकी छिन् । उनले वार्ताको विचारलाई ‘दिवास्वप्न’ भनेकी छिन् ।

आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको अघिल्लो दिन उनको भनाइ सार्वजनिक भएको हो ।

उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनले बताएकी छिन्।

उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077