Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अक्सिजन अभावले नेपाल एयरलाइन्सको विमान मलेसियामा डिले, छानबिन समिति गठन

    अक्सिजन अभावले नेपाल एयरलाइन्सको विमान मलेसियामा डिले, छानबिन समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 480
    SHARES

    काठमाडौं । मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको नेपाल वायुसेवा निगमको न्यारोबडी विमानको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।

    क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको हो ।



    चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल एयरलाइन्सको विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको थियो ।



    उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् । अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले जनाएको छ ।

    के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार