Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा बालकको मृत्यु

काठमाडौं । सप्तरीमा विद्यालयको पूर्वाधार निर्माण गर्दा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ का महादेव खंगका ८ वर्षीय छोरा गोविन्द रहेका छन् ।

गोविन्दको स्थानीय लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयको पर्खाल निर्माण गर्दा खनिएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोमबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुबेर मृत्यु भएपछि मात्र उनका अभिभावकले थाहा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077