Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भौतिक पूर्वाधारमन्त्री ज्वालाको दाबी – नागढुंगा सुरुङमार्ग एक वर्षभित्रै सञ्चालनमा ल्याउँछौँ

    भौतिक पूर्वाधारमन्त्री ज्वालाको दाबी – नागढुंगा सुरुङमार्ग एक वर्षभित्रै सञ्चालनमा ल्याउँछौँ

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 504
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने दाबी गरेका छन् ।

    मंगलबार उच्च अधिकारीसहितको टोलीले सहित गरेको सुरुङमार्गको अनुगमनपछि बोल्दै मन्त्री ज्वाला सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन हुने बताएका हुन्



    उनले देशकै संघीय राजधानी काठमाडौं जोड्न यो धेरै महत्वपूर्ण आयोजना भएको उल्लेख गर्दै सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक भएको बताए ।



    साथै स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाले बताएको छ । सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो ।

    यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार