Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाको प्रस्ताव - दुई-दुई महिनामा अनिवार्य बैठक गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार नियमित रूपमा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले बैठक दुई-दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरेका हुन् ।

सोही सम्बन्धमा थापाले साउन पहिलो हप्ता बैठक बसेकाले अब असोज, मंसिर, माघ, चैत र जेठको पहिलो हप्ता बस्ने गरी बैठकको मिति तोक्न प्रस्ताव गरेका छन् ।

कांग्रेसको विधानअनुसार कम्तीमा दुई महिनामा केन्द्रीय कार्यसमिति बस्नुपर्ने भए पनि एक वर्षसम्म बस्न सकेको थिएन ।मंगलबार कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक बर्षपछि बसेको हो ।

त्यस्तै थापाले वर्षमा कम्तिमा दुईवटा बैठक काठमाडौं उपत्यकाबाहिर राख्न प्रस्ताव पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077