Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पार्टी सुदृढीकरणबारे यस्तो छ महामन्त्री थापाको प्रतिवेदन (पूर्णपाठ)

    पार्टी सुदृढीकरणबारे यस्तो छ महामन्त्री थापाको प्रतिवेदन (पूर्णपाठ)

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 642
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गरेका छन् ।

    पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले केन्द्रमा २२ वटा विभाग थप गरेर विभागको जम्मा संख्या ७० पुर्‍याउन प्रस्ताव गरेका हुन् ।



    पार्टी मुख्यालय सानेपामा बसिरहेको बेठकमा उपसभापति, महामन्त्रीहरूले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा प्रस्ताव पेश गरेका छन् ।



    महामन्त्री थापाले विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणका सन्दर्भमा सांगठानिक कार्यतालिका प्रस्तुत गरेका छन् । उनले दुई-दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका छन् ।

    महामन्त्री थापाले प्रस्तावमा नीति महाधिवेशनको कुरा उठाएपनि गते भने खाली राखेका छन् । साउन २० देखि भदौ १ सम्म संगठन सुदृढीकरण केन्द्रित अभियान, भदौ १० देखि २४ सम्म समुदायसँग संवाद, मंसिर १५ देखि दुई महिना घरघरमा कांग्रेस अभियानको प्रस्ताव अघि सारिएको छ ।

    राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार