Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कृषि शाखाका कर्मचारी

कैलाली । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत भेटिएका छन् ।

बुढीनन्दा नगरपालिका-७ पाण्डुसैन घर भएका ४८ वर्षीय जयलाल दानी आफ्नै सरकारी निवास अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी रहेका दानी लामो समयदेखि रक्तचापको समस्याबाट पीडित थिए ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077