Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको थियो ।

सोही मोटरसाइकल पछाडि सवार अर्का घाइतेको भने उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077