Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुल गान्धीको पुनरावेदनको सुनुवाइ शुक्रबार

एजेन्सी । गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

मोदी थरलाई लिएर काङ्ग्रेस आईका नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्‍याएका थिए।

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोक सभा सांसद पद खारेज भएको थियो ।

आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077