Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा पार गरेर उत्तर कोरिया गएका अमेरिकी नागरिक हिरासतमा पुगे

एजेन्सी । उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका थिए ।

यो क्षेत्र दुई वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो ।

यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरामार्फत पनि निगरानी भइरहेको हुन्छ ।

संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077