Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पाल पुरस्कृत

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पाल पुरस्कृत भएका छन् ।

विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै आईजीपी वसन्त कुँवरले एसपी पाललाई नगदसहित पुरस्कृत गरेका हुन् ।

प्रहरी उपरीक्षक पाल दुई हजार तीन सय नगद रुपैयाँसहित अभिलेखमा जनिने गरी पुरस्कृत भएका छन् । कैलालीमा प्रहरीले लागुऔषधविरुद्धको महाअभियान प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ ।

जिल्ला विभिन्न स्थानबाट लागूऔषध प्रयोगकर्तालाई धमाधम पक्राउ गर्दै कैलाली प्रहरी मुद्धा चलाई रहेको छ । यस्तै विद्यालय र समुदायस्तरमा लागूओषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम पनि सञ्चाल गरिरहेको छ ।

साथै प्रहरी प्रधान कार्यालय प्रशासन शाखाका अनुसार पुरस्कृत हुनेमा कैलालीका एसपी पालसहित कार्यालय सहयोगीदेखि एआईजीसम्म २४ जना रहेका छन् ।

यसरी पुरस्कृत गर्दा प्रहरीहरुमा सकारात्मक प्रभाव पर्ने र काम गर्नै हौसला प्राप्त हुने प्रहरी प्रधान कार्यालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077