Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यावसायिक फुटबल खेल्न सावित्रा इजरायल जाँदै, एन्फाद्वारा बिदाइ

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको बिदाई गरिएको छ ।

भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाई गरेका हुन् ।

क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल जान लागेकी सावित्रा अगष्ट १ मा त्यसतर्फ प्रस्थान गर्नेछिन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् । केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077