Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • फोहोर व्यवस्थापनका विषयमा सिंहदरबारमा सिसडोल–बञ्चरेडाँडावासीसँग छलफल

    फोहोर व्यवस्थापनका विषयमा सिंहदरबारमा सिसडोल–बञ्चरेडाँडावासीसँग छलफल

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालयमा सरकारी प्रतिनिधि र सिसडोल–बञ्चरेडाँडावासीबीच छलफल सुरु भएको छ ।

    काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गर्दै आएका नुवाकोटको सिसडोलवासी र धादिङको बञ्चरेडाँडावासीसँग मन्त्रालयले छलफल गरेको हो ।



    अहिले काठमाडौं उपत्यकाको फोहोर उठाउन रोकियो भने विकराल समस्या उत्पन्न हुने भन्दै मन्त्रालयले फोहोर व्यवस्थापनको सहजीकरण गरिरहेको छ।

    यसअघि भएका सम्झौता कार्यान्वयनमा नआएको भन्दै बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक लगाएका थिए।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन सहरी विकास मन्त्रालयले अटेर गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेपनि सहमतिका नाममा झुक्याइएको स्थानीयबासीहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार