Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ग्यास बुलेटको टुलबक्समा ७० किलो गाँजा, चितवनबाट दुई जना पक्राउ

चितवन । ग्यास बुलेटको सिटमुनी र टुलबक्समा लुकाइ राखेको गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

ग्यास बुलेटको अगाडिको भागको सिटमुनि र टुलबक्समा लुकाइ छिपाइ ल्याएको अन्दाजी ७० केजी गाँजा प्रहरीले नियन्त्रण गरेको हो ।

पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी-७ का ४५ वर्षीय राजु वाइवा हुन्।

भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको ११ पोका गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077