Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

लगातार पाँचौँ दिन पनि दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । लगातार पाँचौँ दिन आज बुधवार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा कायम भएको छ ।

५१ हजार चार सय पटक भएका कारोबारबाट तीन अर्ब ३४ करोड ८६ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । सबैभन्दा धेरै युनाइटेड अजोड इन्सुरेन्सको २३ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज ५ उपसमूह घटेका छन् भने ८ बढेका छन् । आज बैंकिङ, डेभलपमेन्ट बैंकिङ, म्यानिफ्क्चरिङ, म्युचल फण्ड र ट्रडिङ उपसमूह बढेका छन्। अन्य उपसुचक भने घटेका छन्।

बुधबार ७३ कम्पनीको सेयर बढेको छ भने १३१ वटाको घटेको छ। त्यस्तै १३ वटाको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज बजार बढ्दा बीपीडब्लु लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077