Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवतीहरूबीच ‘ग्याङ फाइट’ प्रकरणमा भिडिओ सार्वजनिक गर्ने समूहका थप दुईजना पक्राउ

इटहरी । सुनसरीको सप्तकोशी किनारमा भएको कुटपिटको घटनामा थप दुई जना युवतीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले कुटपिटमा संलग्न थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र नगरपालिका– १० प्रकाशपुरकि १९ वर्षीया प्रीति लिम्बु, बराहक्षेत्र नगरपालिका–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई र सोही ठाउँकी २२ वर्षीया बिनित उराउ छन्।

उनीहरुमध्ये लिम्बुलाई घटना भएकै दिन पक्राउ गरिएको थियो भने राई र उराउ फरार थिए। अझै कुटपिट गर्ने समूहका दुई जना फरार रहेकाले उनीहरूको पनि खोजी भइरहेको सुनसरी प्रहरीले बताएको छ।

असार २९ गते बेलुका ७ बजेतिर बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित चिहानडाँडाको कोशी किनारमा राजाबासकी १९ वर्षीया मनिषा राईसहित तीन जनाले आफूहरुको बेइजत गरेको भन्दै बोलाएर उनीहरु कुटपिट गरेका थिए।

पक्राउ परेकाहरु विरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077