Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लक्ष्मी खतिवडाको आक्रोश - बालकृष्ण खाँण पक्राउ पर्दा हाम्रै नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको विषय उठेको छ ।

मंगलबारदेखि जारी बैठकमा कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले खुशी व्यक्त गरेको भन्दै विरोध जनाएकी हुन्।

खतिवडाले खाँण पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् । उनले आफ्नै नेताको विरोधमा लाग्नेहरू अन्य दलको नेताहरूका विषयमा किन बोली फुट्दैन भन्दै प्रश्नसमेत गरेकी छन्।

खतिवडाले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’

त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ । पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनले बताइन् ।

खतिवडाले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वसँगै उभिनुपर्ने बताएकी छन्। कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढे साथ दिन तयार रहेको उनको भनाइ छ। उनले महामन्त्रीहरूलाई दायरा फराकिलो बनाउन आग्रहसमेत गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077