Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्राफिक सचेतनाका लागि प्रहरीको ‘यात्रुसँग दुई मिनेट’अभियान

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘यात्रुसँग दुई मिनेट’ अभियान सञ्चालन गरेको छ ।

कार्यालयले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको समस्या समाधान गर्न र बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न आजदेखि साताव्यापी जनचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुने भएकाले सचेत गराउन कार्यक्रम सुरु गरेको जनाईएको छ ।

ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानर समेत प्रदर्शन गरिएको छ ।

यात्रुको आवतजावत बढी हुने स्थान न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा यो अभियान चलाईनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077