Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालको शिक्षा समयानुकूल नहुँदा विदेश पलायन हुने युवाको संख्या बढ्यो : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समयानुकूल नभएकाले हजारौँको संख्यामा युवाहरु पलायन भईरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपालको शिक्षा नीति समयानुकुल नभएको बताएका हुन् ।

सांसद भण्डारीले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए । उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनाती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए ।

सांसद भण्डारीले भने, 'हाम्रो नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि गर्न सकेन । नभन्दै अहिले हाम्रा युवाहरू बाहिर जान्छन्, त्यही शिक्षाको परिणाम हो यो ।'

उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय किन आवश्यक पर्यो भन्दै प्रश्न पनि गरे ।

परीक्षा समयमा नहुने, नतिजा समयमा ननिस्किने, विद्यार्थीहरूले समयमा नै पाठ्यपुस्तक नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै यहि प्रणालीमा विश्वविद्यालय चलाईरहनुको कुनै अर्थ नरहेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077