Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उच्च अदालत पाटनको आदेश – भद्रकुमारी घले सदन नभत्काउनू

    उच्च अदालत पाटनको आदेश – भद्रकुमारी घले सदन नभत्काउनू

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 780
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो । सरकारी जमिन ओगटेर संरचना बनाएको भन्दै बुधबार संरचना भत्काउन डोजर समेत लिएर पुगेको महानगरपालिकाको टोली उच्च अदालतको आदेशपछि काम ‘पूरा’ नगरी फर्किएको छ ।



    अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।



    महानगरपालिकाको टोलीले बुधबार बिहानैदेखि भद्रकुमारी घले सदनको भवन लगायत संरचना भत्काउन सुरु गरेको थियो। भवन लगायत संरचना भत्काउन डोजर समेत परिचालन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार