Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उच्च अदालतको आदेश – सीप बिल्डिङमा फेल भएकालाई पनि उत्पादन क्षेत्रमा फारम भर्न दिनू

    उच्च अदालतको आदेश – सीप बिल्डिङमा फेल भएकालाई पनि उत्पादन क्षेत्रमा फारम भर्न दिनू

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 609
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले सीप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश राज्यलक्ष्मी शाह र रमेशराज शाहको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै उनीहरूले आवेदन फाराम भर्न दिन भनेको हो ।



    सुरज पाठकसहित १८ जनाले अदालतमा मुद्दा दायर गरेका थिए । इपीएस कोरिया शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्मका लागि आवेदन आह्वान गरेको थियो।



    त्यसमा यसै वर्ष सीप बिल्डिङका लागि आवेदन दिएर अनुत्तीर्ण भएकाहरूले आवेदन दिन नपाउने भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार