Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५४ जना प्रहरी नियन्त्रणमा

    यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५४ जना प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 918
    SHARES

    काठमाडौं । ललितपुरमा मन्त्रीको गाडी आगजनी गरेको घटनामा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ।

    ललितपुरको ग्वार्को बालकुमारी सडक खण्डमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो ।



    इपीएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। बल प्रयोग गर्दा घाइते भएका एक जनाको इमाडोलस्थित किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको छ।



    मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन्। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउत जुम्लाका हुन्।

    उनी भक्तपुर क्षेत्रमा बस्दै आएका थिए। अर्को एक जना पनि घाइते भएका छन्। उनको उपचारको लागि पाटन अस्पतालमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले अझै पनि घटनामा संलग्नको खोजी गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार