Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालकुमारी घटनामा मारिएका दुई जनाको परिवारलाई दिइयो १०/१० लाख क्षतिपूर्ति

    बालकुमारी घटनामा मारिएका दुई जनाको परिवारलाई दिइयो १०/१० लाख क्षतिपूर्ति

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 474
    SHARES

    काठमाडौं । सरकारले बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

    मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।



    १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।



    सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो ।

    घटनापछि सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार