Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रीको गाडी जोगाउन नसकेका एसएसपी शाहलाई सुरक्षा महाशाखाको जिम्मेवारी

    मन्त्रीको गाडी जोगाउन नसकेका एसएसपी शाहलाई सुरक्षा महाशाखाको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 2K
    SHARES

    काठमाडौं । मन्त्रीको गाडीको जोगाउन नसकेको र पछि अनावश्यक बल प्रयोग गरेको आरोपमा ललितपुरबाट हटाइएका एसएसपी शिद्धिबिक्रम शाहलाई सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको छ ।

    सुरक्षा महाशाखाले सम्पूर्ण भिभिआइपी र भिआइपीको सुरक्षा व्यवस्थापन गर्दछ । गत १३ पुसमा प्रहरीको कमजोरीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी ललितपुरको बालकुमारीमा जलेको थियो ।



    भौतिक योजना तथा यातायात मन्त्री ज्वालालाई झारेर आन्दोलनकारीले गाडी जलाएका थिए । त्यसको २६ मिनेटपछि मात्र प्रहरी त्यहाँ पुगेको थियो । पछि जथाभावी बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाएका थिए ।



    तेस्रो दिन ललितपुरको प्रहरी प्रमुख रहेका एसएसपी शाहलाई हटाइएको थियो भने गोली चलाउन आदेश दिने डिएसपी उमेश लम्साललाई निलम्बन गरियो ।

    उनै एसएसपी शाहलाई फेरि महत्वपूर्ण जिम्मेवारी दिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले फेरि महत्वपूर्ण जिम्मेवारी दिएको हो ।

    मन्त्री ज्वालाको गाडी समेत जोगाउन नसक्नेले कसरी भिभिआइपी र भिआइपीको सुरक्षा नेतृत्व सम्हाल्न सक्छन् भन्ने प्रश्न उठेको छ ।

    राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा स्थानान्तरण भएका एसएसपी शाह यसअघि पनि पटक–पटक विवादमा पर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार