Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 597
    SHARES

    रुपन्देही । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

    २०६० साल भदौ २९ गते बुटवल उपमहानगरपालिका वडा नं ८ शान्तिपथमा बालिकालाई ठक्कर दिएपछि फरार रहेका ट्याक्टर चालक ईन्द्रप्रसाद थारु २० वर्षपछि मंगलबार पक्राउ परेका हुन् ।



    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले चलाएको लु १ त ५३०६ नं. को ट्याक्टरले ठक्कर दिँदा बुटवल ८ शान्तिपथका बिनोद भुसालको ६ वर्षीया छोरी सविना भुसालको मृत्यु भएको थियो ।



    बालिकालाई ठक्कर दिएलगत्तै फरार भएका थारुलाई प्रहरीले मंगलबार बुटवल १७ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार