Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु

एजेन्सी । फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ ।

घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो । अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।

समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे बीचको खेल नेपाली समय अनुसार बिहीबार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

न्युजिल्याण्डमा फुटबलको सबैभन्दा ठूलो महोत्सवको माहोल हुने दिन यस घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077