Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौद्रिक नीतिबारे नागरिकलाई बुझाउनु जरूरी छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताएका छन् ।

वाग्लेले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेका बेला मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका हुन् ।

वाग्लेले प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने बताए । उनले विगतका पोलिसीले ल्याएका प्रभावको विषयमा पनि नेपाल राष्ट्र बैंकले बताउनु पर्ने बताए ।

मौद्रिक नीति प्राविधक हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ ।

प्राइभेट फाइनान्समा जनताको अवस्था सहज नभएको भन्दै उनले निजी क्षेत्रको कर्जा जीडीपी बराबर रहेको बताए । यो विकशित देशकै अनुपातमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077