Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुसको १५ हजार रूपैयाँ फालेर भागे सब-ईन्जिनियर

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई देखेपछि सब-ईन्जिनियर घुस रकम फालेर भागेका छन् ।

सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब-ईन्जिनियर अजय कुमार साफीले लिएको घुस रकम फालेर भागेका हुन् ।

सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब-ईन्जिनियर साफीले ८० हजार रूपैया घुस मागेका थिए ।

तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब-ईन्जिनियर साफीले बोलाएर तत्काल १५ हजार रुपैयाँ बुझेका थिए ।

घुस रकम बुझेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोली पुगेपछि सब-ईन्जिनियर साफी भागेका हुन् । सामाजिक विकास इकाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077