Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करीमा गृहमन्त्रीको नाम जोडेको भन्दै प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत् भ्रामक प्रचार गरेको भन्दै बस्नेतविरुद्ध बिहिबार उजुरी दिएका हुन् ।

अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’ भन्दै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएको र गृहमन्त्रीलाई इंगित गर्दै 'एक रुपैयाँ पनि आम्दानी नभएका सादगी' व्यक्तिले दैनिक ५० हजार खर्च गर्ने गरेको दाबीसमेत बस्नेतले स्टाटस राखेपछि उजुरी दिईएको उल्लेख छ।

सल्लाहकार गिरीले आपराधिक मनोवृत्ति राखेर गृहमन्त्रीप्रति झुठो र कपोकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानुन अन्तर्गत आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई अनुरोध गरेका छन्।

साथै प्रेस सल्लाहकार  गिरीले सोही किसिमको भ्रामक समाचार लेखेको भन्दै जनबोली डटकमविरुद्ध पनि प्रेस काउन्सिलमा आजै उजुरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077