Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद घेराउ गर्न गएका मिटरब्याज पीडितहरू पक्राउ

काठमाडौं । निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका मिटरब्याज पीडितहरू पक्राउ परेका छन्।

प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो।

संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले पीडितलाई न्याय दिनेभन्दा पनि साहुलाई संरक्षण गर्ने कानुन ल्याएको भन्दै सरकारको विरोध गर्दै आएका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077