Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वअर्थमन्त्री पौडेलको सुझाव : लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्ने मौद्रिक नीति ल्याउँनु पर्छ

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्ने गरी ल्याउन सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन् ।

उनले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए ।

कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई कि त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताउँदै उनले विगतको मौद्रिक नीति सकारात्मक रहेको र विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामना गर्न सक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए ।

आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने उको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077