Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माघमा महाधिवेशन गर्ने माधव नेपालको प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् ।

कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठक क्रममा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले उक्त प्रस्ताव गरेका हुन्।

झन्डै अढाइ घन्टा बोलेका अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार सचिवालय बैठकले महाधिवेशनको तिथि टुंगो लगाउने छ । शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि समापन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077