Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • झण्डै २५ करोड हिनामिना गरेको आरोपमा व्यापारी विश्वकर्मा काँकडभिट्टाबाट पक्राउ

    झण्डै २५ करोड हिनामिना गरेको आरोपमा व्यापारी विश्वकर्मा काँकडभिट्टाबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 627
    SHARES

    झापा । झापामा झण्डै २५ करोड रूपैयाँ हिनामिना गरेर फरार रहेका व्यापारी पक्राउ परेका छन् ।

    गौरादह बजारमा सुनचाँदीका गरगहनाको कारोबार गर्ने एक व्यवसायी सोम विश्वकर्मा २४ करोड ६५ लाख रूपैयाँ हिनामिना हिनामिना गरेको आरोपमा प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरेको हो ।



    उनी विभिन्न ठाउँका ४ सय ६६ जना व्यक्तिबाट २४ करोड ६५ लाख रूपैयाँ हिनामिना गरेर फरार रहेका थिए । उनी तीन सातादेखि सम्पर्कविहीन रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई भारत प्रवेश गर्ने नाकामा पक्राउ गरिएको हो । विश्वकर्माविरूद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्दा दर्ता गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार