Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एक क्वीन्टल सुन प्रकरण : लाजिम्पाटस्थित फ्ल्याट र सुन राख्ने गोदाममा विभागको छापा

काठमाडौं । राजश्व अनुसन्धान विभागले लाजिम्पाटस्थित कम्फर्ट हाउजिङको एक फ्ल्याटमा छापा मारेको छ । सशस्त्र प्रहरी बलको सहयोगमा विभागले बिहीबार बेलुकी तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ बस्दै आएको फ्ल्याटमा छापा मारेको हो ।

विभागले छिरिङलाई बुधबार नै पक्राउ गरेको थियो । विभागका अधिकारीहरुका अनुसार, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’भित्र राखेर ल्याइएको सुन भारतर्फ लैजान लागिएको थियो । त्यसमा उनको संलग्नता रहेको हुनसक्ने आशंका छ । स्रोतका अनुसार उनको फ्ल्याटबाट केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको छ ।

यस्तै विभागले बालुवाटारस्थित एक घरमा चिनियाँ तस्करले सुन राख्ने गोदाममा पनि छापा मारेको छ । सो गोदामबाट ५/६ वटा पोका फेला परेको छ भने ती सामग्रीलाई विभागले शिल गरेर थप अनुसन्धान थालेको बताइएको छ ।

मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको थियो । सोही प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परिसहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077