Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सुन बरामद प्रकरण : रेडी ट्रेडर्सको नाममा बिहीबार पनि अर्को लटको सामान

    सुन बरामद प्रकरण : रेडी ट्रेडर्सको नाममा बिहीबार पनि अर्को लटको सामान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 750
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ ।

    विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले पाँच दिनदेखि बढीमा सात दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ ।



    समितिले विमानस्थलको भन्सार जाँचपासमा ककसको संलग्नता भएको भन्ने’दयगत छानबिन गर्नेछ । विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।



    भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई भन्सार विभागले बिहीबार बिहानै निलम्बनको जानकारी दिइसकेको छ ।

    मंगलबार हङकङको क्याथे प्यासिफिक एयर हुँदै आएको सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको थियो ।

    मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर हङकङबाट तस्करी गरिएको सो सुन ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको जहाजबाट सो सुन काठमाडौं ल्याइएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार