Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'चार वर्षे स्नातक विद्यार्थीलाई बोझ'

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद् मा लगेका छन् । यो प्रस्तावले विद्यार्थी, अभिभावक तथा प्राध्यापक सबैलाई तरंगित पारेको छ ।

असार १४ गते त्रिवि प्राज्ञिक परिषद्को बैठकमा डिन बुढाथोकीले शिक्षा शास्त्र संकायको प्राविधिक विषयवाहेक अन्यमा चार वर्षे स्नातक कार्यक्रम तीन वर्षमा झार्न लिखित प्रस्ताव पेस गरेका हुन् ।

परिषद् सदस्यसमेत रहेका उनले त्रिविले विश्वबैंकको इसारामा कार्यान्वयनमा ल्याइएको चार वर्षे स्नातक कार्यक्रमहरू शिक्षा शास्त्र संकायमा साढे पाँच वर्षमा पनि पूरा हुन नसकेको बताउँदै यसले विद्यार्थीका लागि बोझ थपिदिएको अवगत गराए ।

उनले चार वर्षे स्नातक निकै लामो र खर्चिलो भएको भन्दै तीन वर्षमा झार्न प्रस्ताव गरेका हुन् । शिक्षा शास्त्र संकायको आइटी, ज्ञानबाहेकका सबै कार्यक्रममा चार वर्षे स्नातकमा भर्ना हुनेको संख्या घट्दै गएकाले विद्यार्थीको रुचि लामो समयावधिको कोर्समा कम हुँदै गएको उल्लेख गर्दै उनले तीन वर्षमा झार्न लिखित रूपमा प्रस्ताव पेस गरेको जनाए । उनको प्रस्तावमाथि अन्य संकायका डिनहरूले परिषद् बैठकमा बृहत् छलफल गरेका थिए ।

उनले विद्यालयको शिक्षक हुन स्नातक तह उत्तीर्ण गरे पुग्ने नीति सरकारले बनाएको तर्क गर्दै शिक्षा शास्त्र संकायमा चार वर्षे स्नातकलाई तीन वर्षमा झार्न परिषद्मा प्रस्ताव गरेपछि छलफल अघि भएको बताए। उनको यो प्रस्तावमा उपस्थित अन्य डिनहरूले समेत समर्थन जनाएको डिन बुढाथोकीले सुनाए।

उनका अनुसार अमेरिकाबाहेक अधिकांश देशमा स्नातक तीन वर्षे नै छ । त्रिविले पनि ती देशका कार्यक्रमलाई समकक्षता दिएको छ । यस्तो अवस्थामा नेपालमा पनि तीन वर्षे स्नातक कायम गर्दा अन्तर्राष्ट्रिय स्तरकै कोर्स हुने उनको ठहर छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077