Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई उत्तर कोरियाको चेतावनी - थप उत्तेजक गतिविधि गरे आणविक हमला गर्छौ

एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने चेतावनी दिएको छ ।

कोरियाली क्षेत्रमा अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने उत्तर कोरियाले चेतावनी दिएको हो ।

उत्तर कोरियाको आधिकारिक सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनले बिहीबार त्यस्तो धम्की सार्वजनिक गरेको छ ।

उत्तर कोरियाले पटकपटकको चेतावनीपछि पनि जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको भन्दै आक्रोश जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077