Online Nepal
  • शनिबार, १० साउन २०८२
  • रोल्पामा चट्याङ लागेर वडा सदस्य घर्तीमगरको मृत्यु

    रोल्पामा चट्याङ लागेर वडा सदस्य घर्तीमगरको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 942
    SHARES

    रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको मृत्यु भएको छ ।

    शुक्रबार चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



    मृतक घर्तीमगर घरमा सुतेको अवस्थामा चट्याङमा परेको प्रहरीले जनाएको छ । चट्याङमै परेर अर्को घटनामा थप २ जना घाइते भएका छन ।

    सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार