Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोल्पामा चट्याङ लागेर वडा सदस्य घर्तीमगरको मृत्यु

रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको मृत्यु भएको छ ।

शुक्रबार चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृतक घर्तीमगर घरमा सुतेको अवस्थामा चट्याङमा परेको प्रहरीले जनाएको छ । चट्याङमै परेर अर्को घटनामा थप २ जना घाइते भएका छन ।

सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077