Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुद्धि तामाङको नेपाली चलचित्र ‘लुङा’ सँगै दुई हलिउड फिल्म प्रदर्शनमा

काठमाडौं । शुक्रबार प्रदर्शन अन्तर्गत किरण राई निर्देशित नेपाली भाषाको फिल्म ‘लुङा’ र विदेशी फिल्मतर्फ 'ओपेनहेइम' र 'बार्बी' देशव्यापी प्रदर्शनमा आएका छन् ।

बुद्धि तामाङ, भुवनसिंह राई र सारा राईको शीर्ष भूमिका रहेको फिल्म ‘लुङा’ले सम्बन्धमा आउने उतारचढावको कथा देखाउँछ गर्छ । रोमान्स ड्रामा जनरामा राखिएको ‘लुङा’लाई क्यूएफएक्स बाहेकका मल्टिप्लेक्सले रिलिज गरेका छन् ।

त्यस्तै, क्रिस्टोफर नोलन निर्देशित फिल्म 'ओपेनहाइमर' मा सिलियन मर्फी, एमिली ब्लन्ट, म्याट डेमन, रबर्ट डाउनीलगायत कलाकारको अभिनय छ। यो बायोग्राफिकल र थ्रिलर जनराको फिल्म हो।

ग्रेटा गर्विग निर्देशित फिल्म 'बार्बी' मा मार्गट रोबी, रायन गोस्लिङ, एमा म्याकीलगायत कलाकारको अभिनय छ। यो कमेडी र एडभेन्चर जनराको फिल्म हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077