Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् ।

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र सोही दिशामा आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077