काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसको ४ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारीबीच आपसी द्धन्द्ध मात्र बढाएको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टीको कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै केसीले बैठकले आम जनतामा राम्रो सन्देश नगएको बताएका हुन् । उनले केन्द्रीय सदस्यहरू सभापति र महामन्त्रीका पक्षमा उभिएर धारणा राख्दा द्वन्द्व बढाउने काम भएको बताए।
नेता केसीले भने ,‘महामन्त्री एउटा क्याम्पमा सभापति एउटा क्याम्पमा जस्तो गरि बहस गरिहरेका छौं । यो कार्यसमितिको एजेण्डा यही हो । यो बैठकको सन्देश राम्रो गएको छैन ।’
उनले पार्टीमा विचार, संगठन र नेतृत्व अहिले अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पार्टी संगठनको अवस्था कसैलाई पनि चित्तबुझ्दो नभएको जिकिर गरे ।