Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

क्विन्टल सुन प्रकरण : युवा संघले माग्यो गृहमन्त्रीको राजीनामा, काठमाडौंमा मसाल जुलुस

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा संघले विभिन्न प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको युवा संघको जिकिर छ ।

उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ जस्ता नारा लगाएका थिए ।

संघले बुधबार बरामद भएको करिब एक क्वीन्टल अवैध सुन तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077