Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विराटनगरका युवाको तरहरा जंगलमा गोली हानी हत्या, गोली प्रहार गर्नेको खोजी गर्दै प्रहरी

सुनसरी । सुनसरीमा गोली हानी एक जनाको हत्या गरिएको छ । जिल्लाको विराटनगर उपमहानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको शुक्रबार गोली प्रहारबाट हत्या गरिएको हो ।

धनकुटाबाट विराटनगर तर्फ जाँदै गरेका चौधरीमाथि धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा अज्ञात समूहले गोली प्रहार भएको थियो ।

तरहराको चारकोशे जंगलमा उनीमाथि गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077