Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सुन र मुद्रा तस्करबीच साँठगाँठ, तस्करीका तानाबाना !

काठमाडौं । सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ।

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ।

प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। ती प्रतिवेदनहरूले औंल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा तस्करबीच निकट सम्बन्ध रहेको देखिन्छ।

यो शृंखला नयाँ भने होइन। २०५५ सालमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा डलरको अवैध कारोबारबाट सुन नेपाल भित्रिने गरेको उल्लेख छ।

२०५५ सालमा तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका नामहरू र २०६९ सालमा गठित प्रहरीको छानबिन समितिले गरेको अनुसन्धानमा सुन तस्करी र विदेशी मुद्राको अवैध कारोबारी गिरोह एउटै रहेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077