Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस बैठकमा १० एजेन्डा अलपत्र

काठमाडौं । कांग्रेस बैठकका १० एजेन्डा छन्। संसद्‍मा कांग्रेसको भूमिका, सरकारको गतिविधि र नागरिक सरोकारका विषय पनि छलफल गर्ने मुख्य एजेन्डा छन्। पार्टीलाई कसरी अघि बढाउने भन्ने विषय अझै महत्त्वपूर्ण छ। तर, अधिकांश नेताले एजेन्डा भन्दा ‘गुटको बचाउ’ मा समय खर्चेका छन्।

संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवालाई कमजोर पार्न नहुनेमा जोड दिइरहेका छन्। संस्थापन इतर पक्षधर नेताहरू नेतृत्वको आलोचनादेखि संस्थापनपक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखिरहेका छन्। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू स्पष्ट रूपमा गुटमा बाँडिएर धारणा राखिरहेका छन्।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीलाई जीवन्त राख्नका लागि पार्टीमा अनुशासनको खाँचो औंल्याए। उनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य खाँणको मुद्दा अदालतमा विचाराधीन रहेकाले उनलाई खुइँल्याउनुको अर्थ नहुने बताए।

अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए। पार्टी सभापति व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै कार्कीले सभापतिलाई कमजोर बनाउने मानसिकता त्याग्नुपर्ने बताए । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077