Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट फेरि सुनजस्तो देखिने साढे ४ किलो बढी पहेंलो धातु बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद भएको छ ।

विमानस्थलस्थित भन्सार कार्यालयले गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको पहेंलो धातु बरामद गरेको हो ।

थाई नागरिकले हाते झोलामा ल्याएको १० थान बिस्कुट आकारको पहेंलो धातु फेला परेको भन्सार कार्यालय स्रोतले बतायो ।

उक्त धातु सुन हो वा होइन भन्ने परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ । यसअघि मात्रै विमानस्थलबाटै एक क्वीन्टल सुन बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077