Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेब्यु खेलमै मेसीले निर्णायक गोल गर्दा इन्टर मियामी विजयी

काठमाडौं । लियोनल मेसीले डेब्यु खेलमै निर्णायक गोल गरेका छन् । इन्टर मियामीले लिग कपमा क्रिुज एजुलविरुद्ध २–१ को जित निकाल्दा मेसीले निर्णायक गोल गरेका हुन् ।

शनिबार सम्पन्न खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले इन्जुरी समयमा १८ यार्ड बक्सभन्दा बाहिरबाट पाएको फ्रिकिकमा गोल गर्दै मियामीको जित निश्चित गरेका थिए ।

मेसी ५५औं मिनेटमा कप्तानको ‘आर्मब्याड’सहित मैदान प्रवेश गरेका थिए । मेसीसँगै बार्सिलोनाका पूर्वकप्तान सर्जिओ बुस्केटले पनि ५४औं मिनेटमा मियामीबाट डेब्यु गरे ।

त्यसअघि, खेलको ४४औं मिनेटमा रोबर्ट टेलरले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ६५औं मिनेटमा उरिएल एन्तुनाले गोल गर्दै क्रुज एजुललाई बराबरीमा फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077