Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हामी अहिले नै गृहमन्त्रीको राजीनामा माग्ने पक्षमा छैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा नमाग्ने बताएका छन् । शनिवार रास्वपा कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताउँदै सुन तस्करीको विषय सरकारकै निकायले पत्ता लगाएको हुनाले अहिलै सरकार विरुद्ध प्रतिक्रिया नदिने बताए । उनले कुन ढंगको मिलेमतो हो भन्ने चाहिँ अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए ।

सभापति लामिछानेले भने,'राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो ।हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो । हामी प्रतिक्रियाको दौडमा छैनौं ।अनुसन्धान गर्न , छानविन गर्न समय दिएर मात्रै प्रतिक्रिया दिनेछौं ।’

अहिलेको सुन प्रकरणका कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको उनले बताए । रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनुदिनु नरहेको स्पष्ट पारे ।

मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै उनले भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077