Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सकसमा एमाले

    सकसमा एमाले

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 636
    SHARES

    काठमाडौं । नेपालका मूलधारका भनिएका राजनीतिक दल यतिबेला आन्तरिक मन्थन वा अझ भनौं हडबडी र गडबडीबाट गुज्रिरहेका छन् ।

    नेपाली कांग्रेस बहुप्रतिष्ठित केन्द्रीय समितिको बैठकमा व्यस्त छ भने अर्को सत्तारूढ दल नेकपा माओवादी केन्द्र पनि एक प्रकारको सुषुप्त प्रसव पीडामा छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा त सकसपूर्ण तनाव नै रहेको देखिन्छ ।



    नेकपा एमालेमा सदस्यता नवीकरण गर्नेको संख्या ५० प्रतिशतको हाराहारीमा मात्र रहेको देखिँदा तनाव हुनु स्वाभाविक नै हो । नेकपा एमालेलाई आफूप्रति आकर्षण सर्लक्कै घटेको तथ्य सार्वजनिक रूपमा स्विकार्न मुस्किल परेको छ ।



    व्यक्ति केन्द्रित र त्यसमा पनि कुनै खास एक जना व्यक्तिबाहेक अरू कसैको कुनै महत्व नै नभएको समूहमा आबद्ध भइरहनुको कुनै तुक नभएको हुँदा पार्टी कार्यकर्तामा विकर्षण पैदा भएको छ भन्ने तथ्य सार्वजनिक रूपमा स्विकार्न विशेष व्यक्तिको गुणगानबाट नै मात्र जो कसैको अस्तित्व कायम हुने वा व्यक्तित्व विकास हुने समूहलाई गाह्रो पर्ने ने भयो ।

    मुर्दामाथि कात्रो भने झैं पार्टी पंक्तिमाथि लागेको अनगिन्ती भ्रष्टाचारको आरोपका कारण कतिपय कार्यकर्ता बिच्किएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार