Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ । आइतबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबारदेखि सुरु भएको थियो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा अजेन्डाहरु प्रस्तुत गरेका थिए ।

यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।

मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन् । आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077